चिप्लेढुंगामा एकापसमा स्कुटर ठोक्किए, चालक मिलेर गए
पाेखरा | पुस ३०, २०७९
पोखराको चिप्लेढुंगामा व्यस्त सडकबीच २ स्कुटर एकापसमा ठोक्किएका छन् । स्कुटर ठोक्किँदा एउटामा बढी नै क्षति भएको छ भने अर्काे स्कुटर सामान्य अवस्थामा छ ।
दुर्घटनामा दुबै स्कुटरका चालकको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
‘दुर्घटना भएपनि चालक सकुशल छन्, उनीहरु आफै मिलेर सवारीसाधन मर्मत गर्ने सहमति भएको छ’ प्रहरी वरिष्ठ नायब निरीक्षक शिव पाठकले भने ।
व्यस्त बजारमा भएको दुर्घटनापछि चालकबीच सहमति भएकाले थप प्रक्रियामा जानु नपरेको कार्यालयले जानकारी दिएको छ ।
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

